गण्डकी प्रदेशमा तयार भयो वैकल्पिक सरकार

गण्डकी प्रदेशमा तयार भयो वैकल्पिक सरकार

हिजो सम्पन्न प्रदेशसभा बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत नपाएपछि आज २४ घण्टा नबित्दै विपक्षी गठबन्धनले नयाँ मुख्यमन्त्री बनाउने प्रक्रिया थाल्न प्रदेश प्रमुखसमक्ष निवेदन हालेको छ ।

नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले आफूलाई काँग्रेसको १५, माओवादी केन्द्रको ११,राष्ट्रिय जनमोर्चाको २, जनता समाजवादीको २ र स्वतन्त्र १ गरी ३१ जना माननीयको समर्थन रहेको व्यहोरा उल्लेख गरी नवनियुक्त प्रदेश प्रमुख सीता पौडेलसमक्ष निवेदन पेश गरेका हुन् ।

निवेदनसँगै पोखरेलले आफूलाई रहेको समर्थनको कागजात र दस्तखतसमेत पेश गरेका छन् ।

टिप्पणीहरू