८ वटा भारतीय मोटरसाइकल समातियो

८ वटा भारतीय मोटरसाइकल समातियो

अवैध रुपमा भित्र्याएर नेपालमा चलाइएका आठ वटा भारतीय नम्बर प्लेटका मोटरसाइकल पक्रेको छ । अनाधिकृत रूपमा पर्साका विभिन्न स्थानबाट भारतीय नम्बर प्लेटका मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएर वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको हो ।

निषेधाज्ञाको अवधिमा अनाधिकृतरूपमा नेपाल भित्राइएका ती मोटरसाइकलहरु जिल्ला प्रहरी कार्यालय, पर्साबाट खटिएको टोलीले विभिन्न स्थानबाट बेवारिसे नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिइएका मोटरसाइकललाई आवश्यक कारबाहीको लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू