गोठमा आगो लाग्दा धनमाल भष्म

गोठमा आगो लाग्दा धनमाल भष्म

पश्चिम नवलपरासीमा आगलागीहँदा ५ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । हिजो बेलुका पाल्हिनन्दन गाउँपालिका–२ मुडेराका कुल बहादुर हरिजनको घर नजिकै रहेको गोठमा अचानक आगलागी हुँदा गोठ तथा लु।३ त ४८९ नम्बरको ट्याक्टरको अगाडिको भाग जलेर नष्ट भएको बताइएको छ ।

प्रहरीका अनुसार आगलागी भएलगत्तै ईलाका प्रहरी कार्यालय अमानीगंजबाट खटिएको प्रहरी टोलीले स्थानीयबासीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

टिप्पणीहरू