चौरी देउरालीका युवा कोरोना विरुद्धको अभियानमा

चौरी देउरालीका युवा कोरोना विरुद्धको अभियानमा

कोरोना भाइरसविरुद्ध काभ्रे चौरी देउराली १ का युवाहरु जुटेका छन् । महामारीबाट आफ्नो गाउँ र टोल सुरक्षित बनाउने अभियानमा युवाहरु जुटेका हुन् ।

जनचेतनामूलक कार्यक्रमसहित राजकुमार पराजुली, सुरेश घिसिङ, कमान सिंह लामा, असलमान लामालगायतको सक्रिय सहभागितमा सञ्चालित अभियान मार्फत् झण्डै २ लाख ५० हजारको स्वास्थ्य तथा खाद्य सामग्री स्थानीयलाई वितरण गरिएको अभियान टोलीका कमान सिंह लामाले बताएका छन् ।साविकको सानो बाङथली गाविसको वडा नम्वर १ र २ का १ सय ३५ घरधुरीलाई स्यानीटाइजर, मास्क, साबुन, गेडागुडी, कुखुराको फुल, हर्लिक्सजस्ता प्रोटिनयुक्त खाद्य सामग्री वितरण गरिएको छ । उक्त क्षेत्रमा रहेका स्वास्थ्य चौकी, विद्यालय, मठमन्दिर, गुम्बाहरुमा समेत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।स्वतःस्फूर्त रुपमा शुरु गरिएको अभियानमा स्वदेश तथा विदेशमा रहेका उक्त वडाका युवाहरुले स्वेच्छिक रुपमा आर्थिक सहयोग गरेका हुन् । गाउँका कसैले पनि महामारीमा दुःख भोग्न नपरोस भन्ने उद्देश्यसहित थालिएको अभियानको लागि आर्थिक सहयोग जुट्ने क्रम जारी रहेकाले कोरोना नियन्त्रण कोष निर्माण गरि अभियानलाई निरन्तरता दिइने बताइएको छ ।

टिप्पणीहरू