कोरोनाबाट आज ६७ को निधन, ३७ सय बढिमा पुष्टी, ५२ सय बढी संक्रमणमुक्त

कोरोनाबाट आज ६७ को निधन, ३७ सय बढिमा पुष्टी, ५२ सय बढी संक्रमणमुक्त

कोरोनाबाट आज ६७ जनाको ज्यान गएको छ । ३ हजार ७ सय ५० जनामा संक्रमण पुष्टि भएको छ भने ५ हजार २ सय २५ जना संक्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको ९ हजार ५ सय ९८ पीसीआर तथा ५ हजार ५ सय ८४ एन्टिजेन गरी १५ हजार १ सय ८२ जनामा परीक्षण गरिएको थियो ।

हालसम्म ज्यान गुमाउनेको संख्या ८ हजार ३ सय ५ पुगेको छ । आज पनि मुलुकभर ७६ हजार ३ सय १६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

टिप्पणीहरू