सरकारले जात्रा देखायो : नेपाल नागरिक अभियान « Jana Aastha News Online
Logo
१२ माघ २०७८, बुधबार
|  Wed Jan 26 2022
Logo
१२ माघ २०७८, बुधबार
|  Wed Jan 26 2022

सरकारले जात्रा देखायो : नेपाल नागरिक अभियान

प्रकाशित मिति :  २८ जेष्ठ २०७८, शुक्रबार १६:४५


कोरोनाको कारण हजारौं नागरिकले अकल्पनीय मृत्युवरण गरिरहेको समयमा प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार रोम जल्दा निरो बाँसुरी धुनमा रमेँ झैँ रमेको नेपाल नागरिक अभियाले ठहर गरेको छ । शीतल निवास र बालुवाटारले एकपछि अर्को संवैधानिक प्रावधानहरुको उपहास गरेर जात्रा देखाएको समेत अभियानले बताएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै अभियानले तीन वर्षमा १९ पटक सरकार पुनर्गठन गर्नुलाई उसले ओली सरकारको निर्लज्जताको पराकाष्ठ भनेको छ । उसले जनता रोग, भोग र शोकबाट गुज्रिरहेको र सामान्य स्वास्थ्य उपचार समेत पाउन नसकेको अवस्थामा सरकारका पछिल्ला गतिबिधिले गिज्याएको बताएको छ ।सरकारको नाममा देखिएका झुण्ड, विदेशी नागरिकताको आरोप लागेका, राष्ट्र विखण्डनको मुद्दा बोकेका, कुटनीतिक अपराधमा संलग्न, लागूऔषधका नाइकेहरुले राष्ट्रिय प्राकृतिक साधन, स्रोत र सम्भावनामाथि सौदाबाजी खेलेको अभियानले आरोप लगाएको छ ।


प्रतिक्रिया दिनुहोस !