दाङमा गोली चलाउने २ जना पक्राउ

दाङमा गोली चलाउने २ जना पक्राउ

दाङमा गोली चलाएको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर–८ टिकरीका २४ वर्षका पूर्ण वली र २१ वर्षे आकाश चौधरी रहेको खुलेको छ ।

गोली चलाए लगत्तै प्रहरीले उनीहरुसँग भएको पेस्तोल र ६ राउन्ड गोली पनि बरामद गरेको छ । उनीहरुलाई शुक्रबार दिउँसो टिकरी नजिकै अश्वारा गनारी कुलोबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, तुलसीपुरले जनाएको छ ।

उनीहरुले जग्गा विवादमा गोली चलाएको बताइएको छ । तर कसलाई गोली प्रहार गरिएको हो सो बारेमा प्रहरीले केही खुलाएको छैन ।

टिप्पणीहरू