नेपाल वायुसेवाका अध्यक्षले दिए राजीनामा नयाँ मन्त्रीसँग ट्युनिङ मिलेन

नेपाल वायुसेवाका अध्यक्षले दिए राजीनामा नयाँ मन्त्रीसँग ट्युनिङ मिलेन

संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा नयाँ मन्त्रीको नियुक्तिसँगै नेपाल वायुसेवा निगमका अध्यक्ष सुशील घिमिरेले भर्खरै राजीनामा दिनुभएको छ । मन्त्री उमाशंकर अरगरियासँग मतभेद उत्पन्न भएपछि अध्यक्षले राजीनामा दिनुभएको नेपाल वायुसेवा स्रोतले बताएको छ ।

एक वर्षअघि उहाँलाई तत्कालीन मन्त्री योगेश भट्टराईको पालामा सरकारले कार्यकारी अध्यक्षको रुपमा नियुक्त गरेको थियो । घिमिरे त्यसअघि सञ्चार र पर्यटन मन्त्रालयमा सचिव हुनुुहुन्थ्यो ।

घिमिरेअघिका अध्यक्ष मदन खरेलले राजीनामा दिएपछि सरकारले उहाँलाई नेपाल वायुसेवामा नियुक्त गरेको हो ।

टिप्पणीहरू