बालुवाटारमा आवाज उठाउने नागरिक अभियन्ताहरु पक्राउ

बालुवाटारमा आवाज उठाउने नागरिक अभियन्ताहरु पक्राउ

संविधान,राजनीति र जनस्वास्थ्यमाथि भएको प्रतिगमनको विरोधमा आज नागरिक आन्दोलनका अभियन्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास नजिकै प्रदर्शन गरेका छन् ।

आजको प्रदर्शनमा उनीहरुले संविधानमाथि प्रतिगमन, राजनीतिमा प्रतिगमन, जनस्वास्थ्यमा प्रतिगमन तर हामीलाई सुईकार्य (खोप) छैन भन्ने प्लेकार्ड बोकेका थिए ।

भाटभटेनी नजिकैको ढुंगेधारामा आयोजना गरिएको विरोध कार्यक्रममा सहभागी नारायण वाग्ले,युग पाठक,खगेन्द्र सङ्ग्रौलालगायत झण्डै एक दर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरु सबैलाई प्रहरी वृत्त मालिगाउँमा राखिएको बताइएको छ ।

टिप्पणीहरू