बुबा बौलाए,हजुरबुबा बिगृए

बुबा बौलाए,हजुरबुबा बिगृए

बुबा र हजुरबुवासहित जबरजस्ती करणी तथा अप्राकृतिक मैथुनको अभियोगमा हिजो पाँच जना पक्राउ परेका छन् । भोजपुर, रुपन्देही,बर्दिया र गुल्मीमा गरी तिनलाई समातिएको हो ।

हिजो भोजपुरमा १५ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर नगरपालिकाका ३५ वर्षीय पुरुष पक्राउ परेका छन् । एक वर्ष अघिदेखि नै ललाई फकाई र डर त्रास समेत देखाई आफ्नै घरमा पटक–पटक जबरजस्ती करणी गर्दै आएको तथ्यसमेत खुलेको छ । पछिल्लो पटक बैशाख २२ गते राती घरमा कोही नभएको मौका छोपी जबरजस्ती करणी गरेको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

त्यस्तै,रुपन्देहीको सैनामैनामा ३८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सैनामैना नगरपालिका–२, उछिटियाका २६ वर्षीय छेत्रबहादुर थापा पक्राउ परेका छन् । सैनामैना नगरपालिका–२ स्थित सामुदायिक वनमा बाख्रा चराउन गएकी महिलालाई जंगलमा च्याउ खोज्न गएका छेत्रबहादुरले जबरजस्ती करणी गरेका थिए ।

त्यस्तै स्थानीय सोरौलीका २१ वर्षीय सन्तोष रानाले ती महिलालाई जबरजस्ती करणीको प्रयास गरेका थिए । दुबै जना अहिले प्रहरी हिरासतमा छन् । उता,बर्दियामा २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–५ बालापुरका १९ वर्षीय रुपेश थारु पक्राउ परेका छन् । रुपेश ती महिलालाई जेठ ५ गते स्थानीय पथ्थर कुलोमा जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् ।

त्यस्तै, अप्राकृतिक मैथुन गरेको अभियोगमा गुल्मीमा हजुरबुबा पक्राउ परेका छन् । चार वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा चन्द्रकोट गाउँपालिकाका पीडितकै ४५ वर्षीय हजुरबुबा हिजो पक्राउ परेका हुन् ।

घरमा कोही नभएको अवस्थामा उनले नातिलाई अप्राकृतिक मैथुन गरेको बताइएको छ ।

टिप्पणीहरू