नेपाली सेनालाई भारतबाट आयो सहयोग

नेपाली सेनालाई भारतबाट आयो सहयोग

नेपाली सेनालाई भारतीय सेनाले स्वास्थ्य सामाग्री प्रदान गरेको छ । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले जंगी अड्डा,भद्रकालीमा आयोजित एक कार्यक्रमवीच प्रधान सेनापति पूर्णचन्द्र थापालाई ती सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

कोभिड–१९ महामारीको प्रतिकार्यमा सहयोग पुर्याउने उद्देश्यका साथ भारतीय सेनाले नेपाली सेनालाई भेन्टिलेटर, आईसीयु बेडहरु,पीपीई सेट, एम्बुलेन्सलगायतका स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

टिप्पणीहरू