लागूऔषध कारोबार र संगठित अपराध विकराल बन्दै

लागूऔषध कारोबार र संगठित अपराध विकराल बन्दै

नेपाली समाजमा संगठित तथा आर्थिक अपराध पनि एक विकराल समस्याको रुपमा देखा परेको छ । पछिल्लो विवरणअनुसार चालू आर्थिक वर्ष बैशाखसम्ममा संगठित तथा आर्थिक अपराधसम्बन्धी ४ हजार ४ वटा घटना प्रहरीमा दर्ता भएका छन् ।

उक्त अवधिमा सर्वाधिक लागूऔषध कारोबारका २ हजार ५ सय ५८ वटा घटना दर्ता भएका थिए । त्यसपछि आपराधिक विश्वासघात तथा लाभसम्बन्धी ५ सय ६५,जुवा तास तथा सट्टाबाजीसम्बन्धी ४ सय १८, हातहतियार तथा खरखजानाका २ सय ३२ वटा घटना भएको देखिएको छ ।

त्यसैगरी गत बैशाखसम्म अपहरणका ९१ वटा घटना, नापतौल सम्बन्धी कसूरका ४६, सरकारी छाप,दस्तखत किर्तेका ४४,मुद्रा तथा खोटा सिक्का २७, चन्दा संकलनका १५, प्राचीन स्मारकका ४,राहदानीसम्बन्धी २ र प्रतिलिपि अधिकार उल्लंघनका २ वटा रहेको नेपाल प्रहरीले उपलब्ध गरााएको तथ्याङ्कमा देखिन्छ ।

क्षेत्रगत आधारमा यसबीच प्रदेश नम्बर २ मा ८ सय ४०,प्रदेश नम्बर १ मा ७ सय ९२, उपत्यकामा ६ सय ७५, गण्डकी र लुम्बिनीमा समान ४ सय ६५, बाग्मतीमा ३ सय ४४, सुदूर पश्चिममा ३ सय २, कर्णालीमा १ सय १७ र कर्तव्य अपराध ब्युरोमा ४ वटा घटना दर्ता भएका छन् । समग्र रुपमा संगठित तथा आर्थिक अपराधसम्बन्धी घटना सबैभन्दा धेरै प्रदेश नम्बर १ मा भएको देखिन्छ ।

टिप्पणीहरू