करेन्ट लागेर दुईकाे मृत्यु

करेन्ट लागेर दुईकाे मृत्यु

सोलुखुम्बुको पत्तालेस्थित सेतो मानेमा करेन्ट लागेर २ जनाले ज्यान गुमाएका छन ।

आज(शुक्रबार) सोलु हाईड्रोपावर ८६ मेगावाटको क्रेन लोड गरी आएको लोबेडले हाईटेन्सनको तारमा छुँदा साे दुर्घटना भएको हाे । लाेबेडमा चालक र अन्य तीन जना सवार थिए । मृतक दुवैको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

साे दुर्घटनामा परेका एक जना घाईतेको जिल्ला अस्पताल फाप्लुमा उपचार भईरहेको छ । अन्य एक जना भने सकुल रहेको जनाइएको छ । करेन्टका कारण सवारीमा आगो लागेको प्रहरीले बताएको छ ।

हाईटेन्सनको तार होचो भएका कारण क्रेनले छाेएकाे अनुमान गरिएको छ । उक्त घटना आज विहान अन्दाजी पाैने नाै बजेको समयमा भएको हाे । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

टिप्पणीहरू