हातमा तास र काखमा बालिका राख्नेलाई जबरजस्ती करणीको मुद्दा

हातमा तास र काखमा बालिका राख्नेलाई जबरजस्ती करणीको मुद्दा

हेटौँडामा जुवाको खालमा बसेका पाँच जनासहित थप एक जना जबरजस्ती करणीको अभियोगमा पक्राउ परेका छन् । मंगलबार प्रहरीले तास खेलिरहेका पाँच जनालाई खालबाट नियन्त्रणमा लिएको हो ।

साँझपख जुवाको खालमै रहेकी १५ वर्षिया बालिकाले आफूमाथि जुवाडेहरुले जबरजस्ती करणी गरेको भन्दै ६ जनाविरुद्ध जाहेरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले बताउनुभएको छ ।

रिमालका अनुसार जुवाको खालबाट २८ हजार रुपैयाँसहित अस्ति पाँचजना तथा हिजो एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा ४० वर्षीय रुस्तम कोइराला,५४ वर्षीय अमर प्रधान, ४० वर्षीय प्रकाश मानन्धर, ३३ वर्षीय विनोद घर्ती र चितवन भरतपुरका ४४ वर्षीय सुरेश पौडेल छन् ।

बालिकालाई जुवा खेल्ने कोठामा लगेको र उनीहरूको संलग्नतामा उक्त घटना भएको जाहेरी परेपछि प्रहरीले अनुसन्धान शुरु गरेको रिमालले बताए ।

टिप्पणीहरू