ताप्लेजुङमा खोप अभाव, स्थानीय सञ्चारकर्मी अझै वञ्चित

ताप्लेजुङमा खोप अभाव, स्थानीय सञ्चारकर्मी अझै वञ्चित

ताप्लेजुङमा कोरोनाविरुद्धको भेरोसिल खोप हिजो र आज गरी ३ सय ९५ जनालाई लगाइएको छ । जिल्लामा आएको जम्मा १ हजार ८ सय ५० डोज खोपमध्ये बुधवार २ सय ८८ जना र आज १ सय ७ जना गरी जम्मा ३ सय ९५ जनालाई जिल्ला अस्पतालमा लगाइएको हो ।

नौ वटा स्थानीय तहलाई २ सय डोजका दरले खोप पठाउन खोजिएकोमा सदरमुकाम फुङलिङमा मात्र ठूलो परिमाणमा खोप खपत भएपछि सबै स्थानीय निकायमा २ सयको दरले नपुग्ने अवस्था देखिएको हो ।

तथ्याङ्कको आधारमा २ सयभन्दा कम डोज खोप चाहिने स्थानीय तहमा आवश्यकताअनुसार खोप पठाउने तयारी भएको खोप कार्यक्रममा सक्रिय दिनेश राय र प्रतिमा खरेलले जानकारी दिएका छन् ।

फुङलिङ नगरपालिकाभित्रै पनि दोखू,हाङदेवा,फुरुम्बू र फावाखोलामा भने खोप पठाउने तयारी गरिएको जनाइएको छ । ताप्लेजुङका पत्रकारहरुलाई समेत यहि खोप प्रदान गर्ने भनिए पनि अझै सबैजना समेटिएका छैनन् ।

खोप अभावको सन्देश बाहिरिएपछि खोपकेन्द्रमा देखिएको सेवाग्राहीहरुको भीडका कारण सामाजिक दूरी कायम हुन नसकेको भने प्रष्टै देखिन्थ्यो ।

टिप्पणीहरू