कोरोनाबाट आज ५९ को निधन, ३७ सयमा संक्रमण, झण्डै ५३ सय संक्रमणमुक्त

कोरोनाबाट आज ५९ को निधन, ३७ सयमा संक्रमण, झण्डै ५३ सय संक्रमणमुक्त

कोरोनाबाट आज ५९ जनाको ज्यान गएको छ भने ३ हजार ७ सय ४९ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी आज ५ हजार २ सय ९३ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको ९ हजार ९ सय १ पीसीआर तथा ५ हजार ३ सय ३७ एन्टिजेन गरी १५ हजार २ सय ३८ जनामा परीक्षण गरिएको थियो ।

आज ५ हजार २ सय ९३ जना संक्रमणमुक्त भएका छन् । यो संक्रमितभन्दा १ हजार ५ सय ४४ जना बढी हो ।

हालसम्म ज्यान गुमाउनेको संख्या ८ हजार २ सय ३८ पुगेको छ । त्यस्तै, आज मुलकभर ७७ हजार ८ सय ५८ जना सक्रिय संक्रमित रहेका छन् ।

टिप्पणीहरू