“असारदेखि नाका टाइट,भ्याली लुज गर्नुपर्छ”-राजधानीका मेयर

“असारदेखि नाका टाइट,भ्याली लुज गर्नुपर्छ”-राजधानीका मेयर

कोरोना संक्रमणको जोखिम बढेपछि काठमाडौं उपत्यकाभित्रका तीन वटै जिल्लामा निषेधाज्ञा लागू भएको आज ४३ दिन पुगेको छ । निषेधाज्ञाको कारण कोरोना संक्रमणदरमा सामान्य कमि आएको छ । तर डेढ महिनादेखि घर र कोठाभित्र सर्वसाधारणमा उकुस–मुकुस हुन थालेको बताइन्छ ।

योसँगै स्वास्थ्य सावधानी अपनाएर सेवा,व्यापार र जनजीवनलाई नियमिततातर्फ लैजानुपर्ने आवाजसमेत उठ्न थालेको छ ।

यहि क्रममा उपत्यका नगरपालिका फोरमका अध्यक्ष तथा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उपत्यका भित्रिने र बाहिरिने नाकाहरुमा थप कडाइ गरेर भए पनि उपत्यकाभित्रको जनजीवनलाई सुचारु गर्नुपर्ने बताउनुभएको छ । उहाँले निषेधाज्ञालाई चरणबद्ध ढंगले खुकुलो बनाउँदै लैजान सकिनेसमेत उल्लेख गर्नुभएको छ ।

यस्तै उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले सवारी साधन सञ्चालनमा रोक र नाका बन्द गर्दै, स्वास्थ्य मापदण्ड पालना गराएर भए पनि उपभोग्य वस्तुको पसल खोल्नुपर्ने बताउनुभएको छ ।

लकडाउन मात्रै विकल्प नभएको उल्लेख गर्दै महर्जनले अब खुकुलो बनाउनुपर्ने र स्वास्थ्य मापदण्ड अपनाउँदै फ्रन्टलाइनरहरुलाई समेत काममा खटाउनुपर्ने सुझाव दिनुभएको छ ।

टिप्पणीहरू