प्रधानमन्त्रीलाई निम्तो पार्टी कार्यालयमा

प्रधानमन्त्रीलाई निम्तो पार्टी कार्यालयमा

सभामुख अग्निप्रसाद सापकोटाले समसामयिक विषयमा गर्न खोज्नुभएको छलफलमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि बोलाउनुभएको छ ।

राजनीतिक दलका प्रमुखहरू र पूर्वप्रधानमन्त्रीहरूसँग समसामयिक विषयमा संघीय संसदमा प्रतिनिधित्व गर्न भोलि शुक्रबार आयोजना गरिएको छलफलमा उपस्थितिको लागि उहाँले प्रधानमन्त्री ओलीलाई पनि आमन्त्रण गर्नु भएको हो ।

शुक्रबार दिउँसो २ बजे संघीय संसद भवनको ल्होत्से हल, नयाँबानेश्वरमा बोलाइएको छलफलमा आमन्त्रण गरिएको पत्रमा सभामुखले लेख्नुभएको छ ‘सम्माननीय प्रधानमन्त्रीज्यूको गरिमामय उपस्थितिको लागि हार्दिक आमन्त्रण गर्दछु ।’निम्तो पाए पनि प्रधानमन्त्री भोलि नजाने बुझिएको छ ।

टिप्पणीहरू