हिजो कोही दिल्लीतिर,कोही कोटेश्वरतिर

हिजो कोही दिल्लीतिर,कोही कोटेश्वरतिर

सत्तारुढ एमालेको विवाद मिलाउने भन्दै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार गर्नुभएको आह्वानपछि पनि माहौल सकारात्मक बनेको छैन । भोलिपल्टै अर्को खेमाको स्थायी समिति बैठकले ओलीको आह्वानभित्र झेल लुकेको बताइसकेको छ ।

त्यहि क्रममा बालुवाटारले अर्को खेमाभित्रका नरम नेता भनेर प्रचारमा ल्याइएका नेताहरुमध्ये पूर्वमन्त्री तथा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे र गोकर्ण विष्टले वरिष्ठ नेता माधवकुमार नेपाललाई उहाँकै निवासमा हिजो भेट गर्नुभएको छ । त्यसपछि लगत्तै अर्का नेता तथा बाग्मती प्रदेशसभाका सांसद राजेन्द्र पाण्डे पनि कोटेश्वर पुग्नुभएको बताइन्छ ।

हिजो नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा काँग्रेस पदाधिकारीहरुको अनौपचारिक बैठक बसेको थियो । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल,विजयकुमार गच्छदारको उपस्थिति थियो ।

यता,हिजै एअर इण्डियाको उडानबाट डलर अर्बपति तथा विघटित प्रतिनिधिसभामा नेपाली काँग्रेसका सांंसद विनोद चौधरी नयाँ दिल्ली गएका छन् । बुधबार बिहान ११ बजेको उडानबाट उहाँ त्यसतर्फ जानुभएको स्रोतको दाबी छ ।

तुलनात्मक रुपमा हिजो बालुवाटार र खुमलटारतिर भने राजनीतिक गतिविधि र भेटघाट नभएको बताइन्छ ।

टिप्पणीहरू