छिमेकीले मन गरे के हुँदैन,भने के पाईंदैन !

छिमेकीले मन गरे के हुँदैन,भने के पाईंदैन !

चीनले पाकिस्तानमा कोविडबिरुध्दको खोप CanSino COVID-19 vaccine उत्पादन कारखाना खोलिदिएको छ । विश्वव्यापी कोरोना महामारीलाई रोकथाम गर्न २१ करोड जनसंख्या भएको पाकिस्तानले चीनबाट यसअघि नै डेढ करोड डोज खोप पाइसकेको छ । छिमेकी भारतसँगको सम्बन्ध असल नभएको अवस्था,अमेरिकी र पश्चिमा राष्ट्रहरुसङ्ग पनि दूरी बढेको बेला उसले अर्को छिमेकी चीनबाट सहयोग प्राप्त गरेको हो ।

कोरोनाको पहिलो महामारी चल्दा प्रधानमन्त्री इमरान खानले निषेधाज्ञा लागू गरेर सर्वसाधारण पाकिस्तानीको दैनिकी कष्टकर नगराउने घोषणा गर्दा सबैले सो को आलोचना गरेका थिए । जुन कदम तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणासँग मेल खान्थ्यो । तर, त्यहि अमेरिकाले उसलाई खासै सहयोग गरेको देखिएन । बरु त्यो बेला पनि स्वास्थ्य सामाग्रीको यथोचित सहयोग चीनले नै उपलब्ध गरायो ।

२१ करोड जनसंख्या रहेको पाकिस्तानलाई आफ्ना नागरिकलाई कोरोनाविरुद्धको खोप व्यवस्थापन गर्न अरु विपन्न मुलुकलाई झैँ निकै पेचिलो बन्दै गएको थियो । तर,यसबीच उसको आग्रहअनुसार चीनले पाकिस्तानमै खोप उत्पादनको व्यवस्था मिलाइदिएको छ ।

पाकिस्तानी सेनाका मेजर जनरल तथा नेशनल इन्स्टिच्युट अफ हेल्थका प्रमुख अमिर अक्रमले केही समयअघि त्यहाँको संसदलाई चीनले पाकिस्तानमै खोप उत्पादनको निम्ति सहयोग गर्ने वचन दिएको बताएका थिए ।

नभन्दै अहिले बेइजिङले आफ्नो खोप उत्पादनसम्बन्धी प्रविधि पाकिस्तानलाई समेत उपलब्ध गराएपछि त्यहाँ खोप उत्पादनको प्रक्रिया अन्तिम चरणमा पुगेको बताइन्छ । त्यसको लागि चिनियाँ टोली अप्रिल महिनाको अन्तमा नै पाकिस्तान पुगेको थियो ।

अहिले १ करोड डोज खोपको व्यवस्थापन भैसकेको पाकिस्तान सरकारले बताइसकेको छ । यसअघि उसले चीनबाट अनुदानवापत डेढ करोड डोज खोप प्राप्त गरेको थियो । जर्मनीबाट पनि उसले डेढ करोड डोज खोप सहयोगस्वरुप पाउँदैछ । चीनले अहिले दैनिक आफ्ना डेढ करोड नागरिकलाई सडक सडकमै कोरोनाको खोप दिन थालेको छ ।

नेपालले पनि यस्तो बेला मसक्क अाँटेर छिमेकी गुहार्दा हुन नसक्ने कुरा केही छैन भनिन्छ ।

टिप्पणीहरू