नयाँ मन्त्रीप्रति चीनको चित्त दुःखाई

नयाँ मन्त्रीप्रति चीनको चित्त दुःखाई

छिमेकी मित्रराष्ट्र चीनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा हालै थपिएका मन्त्रीप्रति राम्रैसँग चित्त दुखाएको बुझिएको छ ।

प्रधानमन्त्री ओलीलाई चीन,चिनियाँ जनता र चिनियाँ कम्युनिष्ट पार्टीका असल मित्र ठान्दै आएको उत्तरी छिमेकी हालै कथित स्वतन्त्र तिब्बत अभियानमा सहभागी जसपाका एक जना नेता नयाँ मन्त्रीको रूपमा झुल्किएपछि एक्कासी सशंकित बनेको बताइन्छ ।दुई वर्षअघि जसपाका दुई जना सांसद एकवाल मियाँ र प्रदीप यादवले लात्भियाको रिगामा भएको “स्वतन्त्र तिब्बत”सम्बन्धी सातौं विधायक सम्मेलनमा भाग लिएका थिए । मियाँ गत शुक्रबारदेखि ओली सरकारमा युवा तथा खेलकुद मन्त्री बनेका छन् ।

भारतस्थित तिब्बतको निर्वासित सरकारले प्रकाशन र सञ्चालन गर्दै आएको “द तिब्बत एक्सप्रेस” अनलाइनमा प्रकाशित समाचारमा पनि मियाँ र यादवले दुई वर्षअघि उक्त सम्मेलनमा भाग लिएको कुरा उल्लेख छ ।समाचारमा भनिएको छ,‘चीन सरकारले नेपालका दुई जना सांसदले भाग लिएको उक्त खुल्ला प्रमाणलाई आधार बनाउँदै आफ्नो दबाब बढाएको छ ।’

टिप्पणीहरू