आज ४४ सयबढी सवारी साधनले निषेधाज्ञा उल्लंघन गरे

आज ४४ सयबढी सवारी साधनले निषेधाज्ञा उल्लंघन गरे

पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ४ हजार ४ सय २४ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीमध्ये १ हजार ३ सय ३९ वटा चार पाँग्रे र ३ हजार ८५ वटा मोटरसाइकल रहेका छन् ।

नियन्त्रणमा लिइएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छाड्ने गरिएको बताइएको छ ।

कोरोना संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत सोही अवधिमा ३ सय ५३ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । कार्यक्रमअन्तर्गत हालसम्म जम्मा ४ लाख ५४ हजार ३ सय ३४ जनालाई निःशुल्क मास्क वितरण गरिएको प्रहरीले जनाएको छ ।

स्थानीय प्रशासनद्वारा जारी निषेधाज्ञा उल्लंघन गर्ने ८ सय ४८ जनालाई कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम ८६ हजार ८ सय रुपैयाँ जरिवाना गरिएको छ । सो क्रममा ५ हजार ३ सय ७६ जनालाई सम्झाई बुझाई छाडिएको पनि प्रहरीले बताएको छ ।

टिप्पणीहरू