आज सवारी दुर्घटनामा २ को मृत्यु

आज सवारी दुर्घटनामा २ को मृत्यु

सुनसरी र झापामा भएका छुट्टाछुट्टै सवारी साधन दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–८ मा उपमहानगरपालिकाको को.१ द ६७ नम्बरको फोहोर बोक्ने ट्याक्टरबाट लडेर ट्याक्टरमा काम गर्ने बराह नगरपालिका–६ का ५० वर्षीय बाबुराम पौडेलको मृत्यु भएको छ ।

बुधबार बिहान फोहोर उठाउँदै गरेको अवस्थामा अचानक ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका उनको घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।

उता,झापामा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । बिर्तामोड नगरपालिका–१० ठुटेबर चोकका कुमार गुरुङको छोरा ३ वर्षीय अविनास गुरुङको करेन्ट लागेर आज बिहान मृत्यु भएको हो ।

उनकै निर्माणाधीन घर पछाडि रहेको पानी तान्ने मोटरको नाङ्गो तारमा छुँदा करेन्ट लागेर गम्भीर घाइते भएका अविनासको मनमोहन अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

टिप्पणीहरू