इमाडोलमा खोप : बूढाबुढीलाई रोक,तरुना तरुनीलाई छोप्

इमाडोलमा खोप : बूढाबुढीलाई रोक,तरुना तरुनीलाई छोप्

सरकारले हिजोदेखि शनिवारसम्म मुलुकभर ६० देखि ६४ वर्ष उमेरका नागरिकलाई चिनियाँ भेरोसिलको कोरोनाविरोधी खोप लगाउने घोषणा अघिल्लो साता नै गरेको हो । अधिकांश ठाउँमा त्यहिबमोजिम खोप लगाउन शुरु पनि गरियो ।

तर राजधानी काठमाडौं उपत्यकाको ललितपुरमा हिजो तोकिएको उमेरका नागरिकलाई खोप सिध्दिएको बहानामा फर्काउँदै भर्खरका नातेदारलाई बोलाएर लगाइएको एक जना प्रत्यक्षदर्शीले बताएका छन् । ललितपुरको इमाडोलमा उक्त हर्कत भएको स्थानीय एक जना पाका सञ्चारकर्मीले जानकारी दिनुभएको छ ।

इमाडोल प्रहरी चौकीस्थित खोप केन्द्रमा हिजो आफ्ना मान्छेलाई बोलाएर भर्खरकालाई समेत खोप लगाइएको थियो । तर, दिउँसो घाममा सकि नसकी पुगेका ६४ वर्ष उमेरका नागरिकलाई खोप सिध्दिएको भन्दै फर्काइएको बताइन्छ ।

स्थानीयहरुका अनुसार खोप वितरणबारे स्थानीय नगरपालिकाले तीन चार दिनअघि नै प्रचार गर्नुपर्नेमा त्योसमेत गरेको पाइएन ।

टिप्पणीहरू