प्रदेशका सबै जिल्लाको संक्रमण दर हेरेर निर्णय गर्छौं : दाङका सिडिओ दीर्घ पौडेल

प्रदेशका सबै जिल्लाको संक्रमण दर हेरेर निर्णय गर्छौं : दाङका सिडिओ दीर्घ पौडेल

कोरोना महामारीको दोस्रो लहरमा हटस्पट रहेको लुम्बिनी प्रदेशमा संक्रमणदर घट्दो छ । प्रदेश राजधानीसमेत रहेको दाङमा निषेधाज्ञालाई एक हप्ता लम्ब्याएर सामान्य खुकुलो बनाइएको प्रमुख जिल्ला अधिकारी दीर्घ पौडेलले बताउनुभएको छ ।

जनआस्थासँगको कुराकानीमा उहाँले निषेधाज्ञालाई पहिलेभन्दा केही खुकुलो पारेर असार १ गतेसम्म पुर्याइएको बताउनुभयो । पौडेलका अनुसार अत्यावश्यक सामाग्रीअन्तर्गत पर्ने खाद्यान्न पसल बिहान ६ बजेदेखि १० बजेसम्म खोल्न दिइएको छ ।

यसअघि ६ देखि ८ बजेसम्म खोल्न दिइएकोमा आजबाट नयाँ समय निर्धारण गरिएको हो । उहाँका अनुसार होटल,रेष्टुरेन्ट, चिया तथा खाजाघर भने तत्काल खुल्ने छैनन् ।

यस्तै,बैंक तथा वित्तीय संस्था पनि आलोपालो खुल्दै आएकामा अब नियमित बिहान १० देखि २ बजेसम्म खुल्न थालेका छन् । पौडेलले हाल दाङ जिल्लामा ६ सयको हाराहारीमा संक्रमित रहेको बताउनुभयो ।

एक हप्ताको निषेधाज्ञामा जिल्लामा ५ सयभन्दा कम सक्रिय संक्रमित देखिएमा आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिन सकिने बताउनुभएको छ ।

पौडेलले सिमाना जोडिएका प्रदेशका अन्य जिल्लाहरुमा संक्रमणदर कम भएमा पनि सार्वजनिक यातायात सञ्चालन बारे सोच्न सकिने बताउनुभयो ।

टिप्पणीहरू