पाँच न्यायाधीशसामु वकिलहरु भटाभट

पाँच न्यायाधीशसामु वकिलहरु भटाभट

रिट निवेदकको तर्फबाट बहसका क्रममा अधिवक्ता महादेव यादवले यो संविधानअनुसार ४ तरिकाले मात्र सरकार बनाउन सकिने बताएका छन् । उनले धारा ७६ को १,२ र ३ अनुसार सरकार बनाउन सक्ने भए पनि प्रधानमन्त्री ओलीले धारा ७६ (४) को प्रयोग नगरी ७६ (५)मा जानै नमिल्ने तर्क गर्दै

धारा ७६(५) अनुसारको सरकार बन्न नसकेको नभई बन्न नदिइएको आरोप लगाए । उनले भने-बहुमत सांसदको हस्ताक्षर लिएर गएका देउवालाई प्रधानमन्त्री बन्न नदिएर रातारात प्रतिनिधि सभा विघटन गरियो,यहाँ जालझेल भयो ।

यादवले ७६ (५) अनुसार सरकार गठन गर्दा दलको ह्विप नलाग्ने दावीसहित व्यक्तिलाई प्रधानमन्त्री बनाउन यो उपधाराको व्यवस्था गरिएको तर्कका साथ भने-१४६ सांसदको हस्ताक्षर लिएर गएको व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गर्नुपर्नेमा त्यसो नगरी जालझेल गरिएको छ ।

यादवका अनुसार,७६ (३) को प्रधानमन्त्रीले विश्वासको मत नलिने र ७६ (५) को सरकार बन्न सकेन भनेर रातारात प्रतिनिधि सभा विघटन गर्ने कार्य नियोजित हो । उनले प्रश्न गरे,सरकार बन्न नसकेको हो कि,राष्ट्रपतिले नबनाइदिएको हो ?

यसपछि वरिष्ठ अधिवक्ता शम्भु थापा बहस गर्दै हुनुहुन्छ ।

टिप्पणीहरू