अवैध मोटरसाइकलसहित सालको काठ बरामद

अवैध मोटरसाइकलसहित सालको काठ बरामद

बर्दियामा एक मोटरसाइकलसहित अवैध सालको काठ बरामद भएको छ । मधुवन नगरपालिका–५ गाउँ नम्बर ११ स्थित बाटोबाट ६ थान सालको काठ आज बरामद भएको छ ।

मोटरसाइकलमा राखेर काठ चोरी निकासी हुँदै गरेको सूराकीका आधारमा इलाका प्रहरी कार्यालय, ढोढरी बर्दियाबाट खटिएको प्रहरी टोलीले तस्करीमा प्रयोग भएको भे.१० प ७१४८ नम्बरको मोटरसाइकल सहित काठ बरामद गरेको हे ।

बरामद भएको काठ र मोटरसाइकल कारबाहीका लागि डिभिजन वन कार्यालय, गुलरिया बर्दिया पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

टिप्पणीहरू