आज १ सय ८ जना बिते, ५ हजार बढिमा पुष्टि हुँदा ६५ सय बढी संक्रमणमुक्त

आज १ सय ८ जना बिते, ५ हजार बढिमा पुष्टि हुँदा ६५ सय बढी संक्रमणमुक्त

कोरोनाबाट आज १ सय ८ जनाको ज्यान गएको छ । आजै ५ हजार १ सय ५३ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको १२ हजार ६५ पीसीआर तथा ५ हजार ६ सय ११ जनामा एन्टिजेन गरी १७ हजार ६ सय ७३ जनामा परीक्षण गरिएको थियो ।

आज ६ हजार ५ सय ७० जना संक्रमणमुक्त भएका छन् । आज मुलुकभर ८५ हजार १ सय २१ जना सक्रिय संक्रमित रहेका छन् ।

हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार ९८ पुगेको छ ।

टिप्पणीहरू