ट्याक्टरबाट लडेर भक्तपुरमा एक जनाको मृत्यु

ट्याक्टरबाट लडेर भक्तपुरमा एक जनाको मृत्यु

भक्तपुरमा ट्याक्टरबाट लडेर आज एक जनाको मृत्यु भएको छ ।

सूर्यविनायक नगरपालिका–५ चुनदेवीमा ना.४त ५८२९ नम्बरको ट्याक्टरबाट लडेर सोही नगरपालिकामा बस्दै आएका खोटाङ जन्तेढुंगाका २० वर्षीय साईमान विष्टको आज बिहान मृत्यु भएको हो ।

ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका उनको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

ट्याक्टर चालक फरार छन् ।

टिप्पणीहरू