नबिलको एटिम फोड्न खोज्ने पक्राउ

नबिलको एटिम फोड्न खोज्ने पक्राउ

गए राती त्रियुगा नगरपालिका वडा नम्बर ११ हिमालीटोलस्थित नबिल बैंकको एटिएम फुटाएर चोरी गर्न खोज्ने एक युवकलाई प्रहरीले गिरफ्तार गरेको छ ।

एसपी भीमबहादुर दाहालका अनुसार पक्राउ परेका चोर भारत बिहार मधुवनीका अन्दाजी २७ वर्षीय विवेक शर्मा (बरही) हुन् । एटिएम कक्षको सीसीटिभी क्यामेराको फुटेजको आधारमा उनी पक्राउ परेका हुन् ।

शर्माबाट प्रहरीले एटिएम मेसिन फुटाउन प्रयोग गरिएका औजारसमेत बरामद गरेको छ । चोरको एटिएम मेसिन तोड्ने प्रयास असफल भएको थियो । उनी गाईघाटस्थित एक फर्निचरमा सहयोगीको रुपमा कार्यरत रहेको बताइएको छ ।

पक्राउ परेका शर्मासँग सोधपुछ तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू