प्रधानमन्त्रीले नै त्यसो गरेपछि अरुले किन नगरुन् ?

प्रधानमन्त्रीले नै त्यसो गरेपछि अरुले किन नगरुन् ?

कोरोना महामारीबाट बच्न सरकारले सर्वसाधारणलाई सावधानीका उपाय अपनाउन बारम्बार विभिन्न माध्यमबाट अनुरोध गर्दै आएको छ । विशेषगरी,सामाजिक दूरी कायम गर्न र मास्क अनिवार्य लगाउन भनिएको छ । त्यसपछि स्यानिटाइजरको नियमित प्रयोग र बारम्बार साबुन पानीले हात धुन पनि आग्रह छ ।

विज्ञहरु भन्छन् ‘त्यो उपाय सर्वसाधारणलाई मात्र होइन,ठूला ओहोदामा रहेकालाई पनि हो ।’ तर घरमूलीले बाटो बिराउँदा छोराछोरी र नाति नातिनाले बाटो बिराएझैँ मुलुकका अभिभावक भनेर चिनिने प्रधानमन्त्री र राष्ट्रपतिले पनि त्यसै गर्दा आमनागरिकले के गर्लान् ?

प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सरकारी निवास बालुवाटारमा प्रेस चौतारीका पूर्व वरिष्ठ उपाध्यक्ष माधव नेपाल र प्रेस सल्लाहकार सूर्य थापासँग फोटो खिच्ने बेला सबैजनाले मुखबाट मास्क झिकेको देखिन्छ ।

त्यहि फोटोलाई सामाजिक सञ्जालमा विभिन्न ढंगले ब्याख्या गरिएको छ । कसैले ‘के फोटो खिच्दाचाँहि कोरोना सर्दैन ?’ भनेका छन् भने कसैले ‘यो मास्क भन्ने जिनिस नाकबाट झिकेर अन्त लाउनलाई बनेको हो ?’ भनेर सोधेका छन्

टिप्पणीहरू