एमाले अध्यक्ष ओलीलाई अर्को पक्षको जवाफ

एमाले अध्यक्ष ओलीलाई अर्को पक्षको जवाफ

एमालेमा खनाल-नेपाल समूहको आज बसेको स्थायी कमिटी बैठकले हिजो साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुभएको पार्टी एकता आह्वानलाई उल्टै अनेकतातर्फ लक्षित भन्दै आफूले मनपरी गर्ने र अरुलाई उपदेश दिने कुराको कुनै उपादेयता नरहेको ठहर गरेको छ ।

वरिष्ठ नेता माधवकुमार नेपालद्वारा हस्ताक्षरित र आज साँझ जारी प्रेस विज्ञप्तिमा भनिएको छ ‘छलछाम र षडयन्त्रपूर्ण कुरा गरेर राष्ट्र र जनता तथा पार्टी पंक्तिको भावनाअनुरुप पार्टीमा एकता कायम नहुने कुरा स्पष्ट हुँदाहुँदै पार्टी अध्यक्ष र देशको प्रधानमन्त्री जस्तो जिम्मेवार पदमा आसिन व्यक्तिबाट अनुचित मार्ग र शैली अवलम्बन गरिनु दुःख र चिन्ताको विषय हो ।’

केपी ओलीबाट जारी वक्तव्यका बुँदाहरुको सुक्ष्म,गहन र यथार्थपरक विश्लेषणबाट विभिन्न कुरामा विशेष ध्यान आवश्यक रहेको भन्दै छ वटा बुँदामा प्रष्टसँग आफ्ना धारणा सार्वजनिक गरिएको छ ।

हेर्नुहोस् विज्ञप्तिको पूर्ण पाठ:

 

टिप्पणीहरू