मेरा दाजुको हत्याकाण्डबारे छानबीन गरे हुन्छ: पूर्वराजा ज्ञानेन्द्र

मेरा दाजुको हत्याकाण्डबारे छानबीन गरे हुन्छ: पूर्वराजा ज्ञानेन्द्र

पूर्वराजा ज्ञानेन्द्र शाहले दरबार हत्याकाण्डबारे टिप्पणी गर्दै सरकारलाई छानबीन गर्न चुनौती दिनुभएको छ ।

आफ्नै परिवारका सदस्यको हत्याको आरोप प्रत्यक्ष–अप्रत्यक्ष रुपमा लाग्ने गरेको भन्दै उहाँले त्यसले आफूलाई मर्माहत बनाएको उल्लेख गर्नुभएको हो । पूर्वराजाले गर्नुभएको एउटा ट्वीट्मा भनिएको छ, ‘प्रत्यक्ष/परोक्ष विभिन्न भावभंगीमा हाम्रो परिवारमाथि हाम्रा प्रिय दाजु र उहाँको परिवारको अन्त्यका विषयमा भनिने कुराले हामीलाई निकै मर्माहत तुल्याउने गर्छ ।’

हत्याको छानबीन गर्ने अधिकार सत्तासिनहरुलाई हुने भन्दै उहाँले आफ्नो अनुकूलतामा बोल्दै हिंड्ने नेताहरुलाई चुनौतीको भाषामा भन्नुभएको छ,‘जनताको मत पाएका सत्तासिन व्यक्तिहरुलाई उहाँको हत्याको छानबीन गर्ने पूर्ण अधिकार छ ।’

तत्कालीन राजा वीरेन्द्रको वंश नाश हुनेगरी दरबार हत्याकाण्ड भएको जेठ १९ गते २० वर्ष पुगेको छ । यसबीच मुलुकमा राजतन्त्रको अन्त्य भई गणतन्त्र आउँदासमेत हत्याकाण्डको विश्वासिलो छानबीन भने हुन सकेको छैन ।

टिप्पणीहरू