इ कमर्श नरोक्न सर्वोच्चको अन्तरिम आदेश

इ कमर्श नरोक्न सर्वोच्चको अन्तरिम आदेश

नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयविरुद्ध व्यवसायी निकेत अग्रवालले दर्ता गरेको उत्प्रेषणको रीटमाथि सुनुवाइ गर्दै इ–कमर्शलाई नरोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

सो आदेशमा ‘अनलाइन माध्यमबाट खरिद,बिक्री तथा होम डेलिभरीको इ–कमर्शको सेवा प्रदान गर्ने कम्पनीहरुलाई प्रस्तुत मुद्दाको अन्तिम किनारा नभएसम्मको लागि सेवा प्रदान गर्ने काम रोक्न नहुने’ उल्लेख छ ।न्यायाधीशहरु माननीय सपना प्रधान मल्ल र कुमार चुँडालको संयुक्त इजलासले सो आदेश दिएको हो ।निवेदक व्यवसायीको तर्फबाट अन्तरिम आदेश जारी गर्नु पर्ने वा नपर्ने भन्ने सम्बन्धी छलफलमा अधिवक्ताहरु सुभाष पाठक,आवेश अधिकारी, सागर पौडेल,कृष्ण पाल र रक्षा सिंहले भाग लिएका थिए ।

 

टिप्पणीहरू