आज राति नेपाल जोर्डनसँग भिड्दै, नतिजा कस्तो आउला ?

आज राति नेपाल जोर्डनसँग भिड्दै, नतिजा कस्तो आउला ?

फिफा विश्वकप २०२२ र एसियन कप २०२३ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणमा समूह ‘बी’ मा रहेको नेपालले आज राती जोर्डनसँग खेल्दैछ ।

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा नेपाली समय अनुसार राति पौनै १० बजे नेपाल र जोर्डनका फुटबल टिमबीच खेल हन लागेको हो ।

सन् २०१४ मा ब्राजिलमा भएको फिफा विश्वकपका लागि छनोट चरणको अन्तिममा पुगेको जोर्डन प्लेअफ म्याचमा उरुग्वेसँग पराजित हुँदा विश्वकपको अन्तिम छनौट राष्ट्रको सूचीमा पुग्नबाट वञ्चित भएको थियो । त्यतिबेला नेपालले जोर्डनसँग खेलेको खेलमा समग्रमा नेपाल १०–१ गोलले पराजित भएको थियो ।

त्यसअघि २०११ मा जोर्डनमा भएको खेलमा नेपाल ९–० ले पराजित भएको थियो तर त्यसको एक साता नबित्दै नेपालले घरेलु मैदानमा जोर्डनलाई १–१ को बराबरीमा रोकिदिएको थियो ।

समूह बी का खेलहरु तटस्थ स्थलको रुपमा कुवेतमा भइरहेको छ । नेपालले यसअघि ताइवानलाई २–० ले पराजित गरेर आत्मविश्वास भने बढाएको छ ।

जोर्डन फिफाको बरियतामा ९५औं र नेपाल १७१औं स्थानमा रहेका छन् ।

टिप्पणीहरू