निषेधाज्ञा उल्लंघन गर्ने भाटभटेनी कोटेश्वरका म्यानेजर पक्राउ

निषेधाज्ञा उल्लंघन गर्ने भाटभटेनी कोटेश्वरका म्यानेजर पक्राउ

उपत्यकामा निषेधाज्ञाको समयमा बिहान ९ बजेसम्म पसल खुल्न दिइए तापनि कोटेश्वरको भाटभटेनी डिपार्टमेन्ट स्टोरले त्यसपछि समेत पसल खोलेको आरोपमा प्रहरीले त्यहाँका म्यानेजरलाई पक्राउ गरेको छ ।

निषेधाज्ञामा तोकिएको समयभन्दा बाहेक दिउँसो समेत पसल खोलेको आरोपमा कोटेश्वरस्थित भाटभटेनी डिपार्टमेन्ट स्टोरका म्यानेजर सागर गुरुङ पक्राउ परेका हुन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले पनि बिहान ९ बजेसम्म मात्र डिपार्टमेन्ट स्टोरको ग्रोसरी कक्ष खोल्न पाइने व्यवस्था हुँदाहुँदै दिउँसो समेत खुला राखेकाले उनलाई पक्राउ गरिएको बताउनुभएको छ ।

काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी नेतृत्वको टोली जनगुनासो पछि अनुगमनका लागि त्यहाँ पुग्दा स्टोर खुला रहेको पाइएपछि उनलाई पक्राउ गरिएको पराजुलीले बताउनुभएको छ ।

टिप्पणीहरू