पहिले हारेर,कार्वाही भोगेर के भो ?

पहिले हारेर,कार्वाही भोगेर के भो ?

दुई तिहाई बहुमतप्राप्त सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै समय स्थानीय तहको निर्वाचनमा एमालेले नै हराएका उम्मेदवारलाई मन्त्री बनाउनुभएको छ । यस्तै कुनै एउटा आयोगद्वारा गठित समितिले कारवाहीका लागि सिफारिस गरेका व्यक्तिलाई टपक्क टिपेर मन्त्री बनाइएको छ ।

शुक्रवार पूर्व राजपाबाट १० जना मन्त्री बन्दाको क्याबिनेटमा ११ जना त २ नम्बर प्रदेशबाटै छन् । ९९ मत ल्याएर टोखाको उपमेयरमा पराजीत रेणुका गुरुङ राज्यमन्त्री बनेकी छन् । उनलाई गत स्थानीय निर्वाचनमा एमालेकै उम्मेदवार ज्ञानुमाया डंगालले ८ हजार ९८ मतले पराजित गरेकी थिइन् ।

रमाइलोचाहिँ केन्द्रमा पति मन्त्री बन्दा प्रदेशमा पत्नी डिम्पलको मन्त्री पद खुस्किएको छ ।

खानेपानी हेर्ने अनिल झालाई ०७६ सालमा सार्वजनिक बिराटनगर जुट मिल्स जाँचबुझ आयोगको प्रतिवेदनले कारवाहीको लागि सिफारिस गरेको थियो । सो प्रतिवेदनमा उनले सञ्चालक समितिको निर्णयबिनै क्षेत्राधिकार नाघेर मन्त्रीस्तरीय निर्णयबाट मिल्सको जग्गा व्यक्तिलाई उपलब्ध गराएकोमा दोषी देखाइएको थियो ।

तत्कालीन पुनरावेदन अदालत विराटगरका न्यायाधीश शेखरप्रसाद पौडेलको अध्यक्षतामा सरकारले ११ चैत ०७५ मा पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । सो प्रतिवेदनले अनिल झालाई कारवाहीको लागि सिफारिस गरेको हो । रमाइलोचाहिँ केन्द्रमा पति मन्त्री बन्दा प्रदेशमा पत्नी डिम्पलको मन्त्री पद खुस्किएको छ ।

आइतबारमात्र प्रदेश २ का राजेन्द्र महतो र महन्थ ठाकुर पक्षधर एक मन्त्री र ३ राज्यमन्त्रीसहित ४ जनालाई मुख्यमन्त्री लालबाबु राउतले बर्खास्त गर्दा अनिल पत्नी डिम्पल पनि त्यसैमा परेकी हुन् ।

बर्खास्तीमा पर्नेमा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल,भौतिक विकास पूर्वाधार राज्यमन्त्री डिम्पल झा,सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा र उद्योग,वन,पर्यटन राज्यमन्त्री सुरेश मण्डल छन् ।

उसो त पति पत्नी नै राजनीतिमा लागेर रोटेसनमा मन्त्री बन्नेमा एमालेका रघुवीर महासेठ र जुली महतो पनि हुन् । अघिल्लो पटक भौतिक पूर्वाधार मन्त्री सम्हाल्दा हटाइएका महासेठ प्रतिनिधि सभा बिघटनपछि माधव नेपाल पक्षतिर खुलेका थिए ।

तर बालुवाटारतिर लाग्नेबित्तिकै पत्नी जुली महिला,बालबालिका मन्त्री बन्न पुगिन् । पत्नी मन्त्रीबाट हटेलगत्तै पति रघुवीर अहिले उपप्रधानसहित परराष्ट्रको जिम्मेवारीमा छन् ।

टिप्पणीहरू