ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु

ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु

पूर्वी नवलपरासीमा ट्रकको ठक्करबाट आज एक जनाको मृत्यु भएको छ ।

देवचुली नगरपालिका–२ हमालचोकस्थित सडकमा ना.१क ३९५३ नम्बरको ट्रकको ठक्करबाट परिचय नखुलेका अन्दाजी ५५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र, दुम्कौली लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान शुरु गरेको बताइएको छ ।

टिप्पणीहरू