नयाँ शैक्षिक सत्र असारबाट, पढाइ अझै अलमलमा :शिक्षा मन्त्रालय

नयाँ शैक्षिक सत्र असारबाट, पढाइ अझै अलमलमा :शिक्षा मन्त्रालय

कोरोना महामारीका कारण तत्काल विद्यालय खोल्नेतर्फ शिक्षा मन्त्रालयले ध्यान केन्द्रित नगरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दिपक शर्माले बताउनुभएको छ ।

महामारीको जोखिम तुलनत्मक रुपमा कम भए पनि तत्काल विद्यालय नखुल्ने उहाँल जनआस्थासँगको कुराकानीमा बताउनुभएको छ ।

शर्माले पछिल्लो शैक्षिक सत्र यहि जेठ मसान्तमा सकिने उल्लेख गर्दै नयाँ शैक्षिक सत्र असारबाटै शुरु हुने बताउनुभयो । विद्यालय नखुले पनि नयाँ शैक्षिक सत्रको तयारी भने पूरा हुन लागेको उहाँले दाबी गर्नुभयो ।

शैक्षिक सत्र शुरु गर्नु अगावै आवश्यक पाठ्यपुस्तकहरु यसअघि नै प्रदेशका डीपोमा पठाइएको र केही पाठ्यपुस्तक अझै छाप्ने क्रममा रहेको उहाँले उल्लेख गर्नुभयो ।

भौतिक रुपमा विद्यालयमा उपस्थित नभए पनि विद्यार्थीलाई पाठ्यपुस्तक सहज तवरले उपलब्ध गराउन मन्त्रालयले सम्बन्धित निकायसँग समन्वय गरिरहेको बताइएको छ ।

यसअघि वीरगञ्ज महानगरपालिकाले असार १ गतेबाट विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने बताइसकेको छ ।

भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने वा नगर्ने भन्ने विषय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीएमसीसीले गरेको निर्णय नै आधिकारिक हुने उहाँले बताउनुभयो ।

टिप्पणीहरू