उपप्रधानन्त्री महतोलाई कारबाही गर्न नेपाल नागरिक अभियानको माग

उपप्रधानन्त्री महतोलाई कारबाही गर्न नेपाल नागरिक अभियानको माग

प्रधानमन्त्री केपी शर्मा ओली सरकारका उपप्रधान तथा सहरी विकासमन्त्री राजेन्द्र महतोले हालै दिएको राष्ट्रविरोधी अभिव्यक्तिको नेपाल नागरिक अभियानले बिरोध गरेको छ ।

नागरिक अभियानले हिजो जारी गरेको विज्ञप्तिमा बहुल राष्ट्र, राष्ट्रियता र राज्यको नाममा देश विखण्डन गर्न चाहेको भन्दै महतोको बिरोध गरिएको बताइएको छ ।एक मधेस एक प्रदेश जस्ता विभिन्न प्रकारका विखण्डनकारी नारा लगाउने र हिमालदेखि तराईसम्म छरिएर बसेका नेपालीलाई टुक्र्याउन चाहेको हरेक घटनाक्रमले पुष्टि भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्र विखण्डनकारी पात्र र प्रवृतिलाई ओली सरकारले कुनै कारबाहीको प्रयास समेत नगरिएकोमा अभियानले घोर भत्र्सना गरेको छ । साथै राष्ट्रघाती कदमविरुद्धको प्रदर्शनमा प्रशासनले गरेको धरपकडको समेत निन्दा गरिएको छ ।

टिप्पणीहरू