ललितपुरमा ११ हजार बढि ज्येष्ठ नागरिकलाई खोप लगाईंदै

ललितपुरमा ११ हजार बढि ज्येष्ठ नागरिकलाई खोप लगाईंदै

ललितपुर महानगरपालिकाले मंगलबार र बुधबार ज्येष्ठ नागरिकलाई खोप लगाउने भएको छ । प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालका अनुसार महानगर क्षेत्रमा रहेका ६० देखि ६४ वर्ष उमेर समूहका ११ हजार ४ सय ९८ जनालाई खोप लगाउने निर्णय भएको हो ।

अर्यालले नगरवासीलाई चिनियाँ खोप भेरोसिल लगाइने बताउनुभएको छ । उहाँले यसअघि महानगरले जेठ ६ गतेदेखि १३ गतेसम्म दोस्रो डोज खोप लगाउन छुटेकाहरुलाई पनि यहि चरणमा लगाइने बताउनुभयो ।

यस्तै, महानगरले हिजोदेखि समुदायस्तरमा निःशुल्क एन्टिजेन परिक्षण शुरु गरेको छ । अर्यालले आज जनआस्थासँग कुराकानी गर्दै भन्नुभयो ‘हिजोदेखि १० दिनको अवधिमा १५ हजारको एन्टिजेन परीक्षण गर्ने लक्ष्य राखिएको छ ।’
महानगरले जेष्ठनागरिकलाई लगाउने खोप केन्द्र यसअघि नै तोकिएका स्थानमा रहेको समेत अर्यालले जानकारी दिनुभएको छ ।

टिप्पणीहरू