स्वास्थ्य सामाग्रीकै कालोबजारी,आत्महत्यामा बढोत्तरी

स्वास्थ्य सामाग्रीकै कालोबजारी,आत्महत्यामा बढोत्तरी

कोरोना महामारीको दोस्रो लहर र निषेधाज्ञामा कालोबजारी र आत्महत्याका घटना अत्यधिक बढेको उपत्यकाका प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ ।

जनआस्थासँग कुराकानी गर्दै महानगरीय अपराध महाशाखा काठमाडौंका एसएसपी चन्द्रकुबेर खापुङ्गले उपत्यकामा मात्रै दैनिक दुईदेखि चार जनाले आत्महत्या गरेको देखिएको छ ।

खापुङ्गका अनुसार स्यानिटाइजर,रेम्डेसिभर, अक्सिजनलगायतका स्वास्थ्य सामाग्रीको अत्यधिक कालोबजारी भएको घटना बाहिरिएका छन् । त्यस्तै,आत्महत्याका घटना बढिरहँदा चोरी डकैती भने शून्य अवस्थामा झरेको उहाँको भनाई छ ।

उहाँले महामारीको पहिलो लहरमा यौनजन्य घटना धेरै देखिए पनि अहिले यस्ता घटना तुलनात्मक रुपमा कम देखिएको बताउनुभयो ।

टिप्पणीहरू