महामारीमा साइबर अपराध बढ्यो

महामारीमा साइबर अपराध बढ्यो

कोरोना महामारीको दोस्रो लहरमा अन्य अपराधको तुलनामा साइबर अपराध ह्वात्तै बढेको छ । निषेधाज्ञाका कारण फुर्सदको समय सदुपयोग गर्दै धेरैले उदाहरणीय कार्य गरे पनि केही भने सामाजिक सञ्जालको लतमा फसेपछि साइबर अपराध बढेको प्रहरी स्रोतको भनाई छ ।

साइबर अपराध महाशाखाका अनुसार निषेधाज्ञाको अवधिमा सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएपलगायतका माध्यमबाट अपराधिक कार्य गर्नेविरुध्द १ सय ४५ वटा निवेदन परेको छ ।

महाशाखाले महामारीको दोस्रो लहरवीच जारी निषेधाज्ञामा सामाजिक सञ्जालमार्फत बदनाम तथा चरित्र हत्या गर्ने,ह्वाट्सएप मार्फत् चिठ्ठा परेको नाममा ठगी गर्ने,विशिष्ट व्यक्तिहरुको तस्वीरको स्वरुप बिगार्ने, सामाजिक सञ्जालमार्फत् अपरिचित व्यक्तिहरुले युवती तथा कम उमेरका बालिकाहरुप्रति लक्षित गरी फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाएर ललाई फकाई तिनका नग्न तस्वीर र भिडियो पठाउन लगाउने र ब्ल्याकमेल गर्ने प्रकृतिका घटना अत्यधिक बढेको बताइएको छ ।

महाशाखाले गत आर्थिक वर्षमा यस्तै प्रकृतिका ६० वटा मुद्दा दर्ता गरेको थियो ।

टिप्पणीहरू