रुपन्देहीमा प्रधानमन्त्री र उपप्रधानमन्त्रीको पुत्ला दहन

रुपन्देहीमा प्रधानमन्त्री र उपप्रधानमन्त्रीको पुत्ला दहन

उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले संविधानविरोधी अभिव्यक्ति दिएको भन्दै रुपन्देहीको सैनामैनामा आज साँझ प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री राजेन्द्र महतोको पुत्ला जलाइएको छ ।

सैनामैना नगरपालिका वडा नँ.४, मुर्गियास्थित पूर्व पश्चिम राजमार्गमा नेकपा माओवादी केन्द्रको भातृ संगठन वाईसीएल नगरसमितिले पुत्ला जलाएको हो ।प्रधानमन्त्रीले एकपछि अर्को राष्ट्रघाती काम गर्दै गएको तथा उपप्रधानमन्त्री महतोले बहुल राष्ट्रिय राज्य स्थापनाको लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गर्ने अभिव्यक्ति दिएका कारण उनीहरुको पुत्ला दहन गरिएको वाईसीएल सैनामैनाका अध्यक्ष गोविन्द खरेलले जानकारी दिए ।

असंवैधानिक कदमको विरोधमा आन्दोलन गर्दै जाने पनि वाइसीएलले बताएको छ । पुत्ला दहन गर्नुअघि उनीहरुले सरकारविरुध्द प्रतिगनम मूर्दावाद, भारतीय दलाल मूर्दावाद,प्रहरी दमन मूर्दावाद जस्ता नारा लगाएका थिए ।

झण्डै एक दर्जन प्रदर्शनकारी र प्रहरीबीच केही समय धकेला–धकेल समेत भएको थियो ।

टिप्पणीहरू