चुरे दोहनको विरोध गर्ने ९ जना पक्राउ

चुरे दोहनको विरोध गर्ने ९ जना पक्राउ

सरकारले ल्याएको चुरे दोहनको नीतिविरुध्द आज नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ । काठमाण्डौं महानगरपालिका २६,गोङगबुमा चुरे दोहनमार्फत तराईलाई मरुभूमिकरणतर्फ उन्मुख गराउन खोजेको भन्दै संघले प्रदर्शन गरेको हो ।

नेविसंघले चुरे दोहनको रणनीति वातावरणीय दृष्टिले घातक रहेकोले सरकारको उक्त निर्णय फिर्ता लिन आग्रहसहित महामन्त्री दिपक भटराईको नेतृत्वमा आज बिरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनमा हस्तक्षेप गर्दैै प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । सबैलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा राखिएको बताइएको छ ।

टिप्पणीहरू