नयाँ मन्त्रीले दाइजो प्रथा र बालविवाह अन्त्य गर्ने

नयाँ मन्त्रीले दाइजो प्रथा र बालविवाह अन्त्य गर्ने

नवनियुक्त महिला,बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीबाट देशमा विद्यमान दाइजो प्रथा र बालविवाह अन्त्य गर्ने प्रतिबध्दता आएको छ ।

मन्त्रालयले बनाएको ५ वर्षीय रणनीतिक कार्ययोजनाको फाइल सदर गर्ने क्रममा उक्त धारणा आएको हो ।

मन्त्रीको भनाई छ ‘मेरो कार्य योजना,नीतिगत कामहरु त छँदैछ । धेरै योजना बनाएर मात्रै होइन, बनेको योजनालाई पनि कसरी सकारात्मक रुपले कार्यान्वयन गर्ने,धेरै योजनाहरु बनाउँछौं, तर कार्यान्वयन हुन्छ कि हुँदैन, त्यसमा जोड दिन जरुरी छ ।’

टिप्पणीहरू