रुपन्देहीमा भाटभटेनीहरुलाई मस्ती,साना ब्यापारीलाई सास्ती

रुपन्देहीमा भाटभटेनीहरुलाई मस्ती,साना ब्यापारीलाई सास्ती

-एनपी क्षेत्री

रुपन्देहीमा प्रहरी प्रशासनले विभेद गरेकाे पाईएकाे छ । जिल्लामा जेठ मसान्तसम्म निषेधाज्ञा लागू छ । निषेधाज्ञाकाे कारण मानिसहरु घरबाहिर खासै निस्केका छैनन् । भैरहवा र बुटवलका भित्री गल्लीहरुमा रहेका पसलसमेत बन्द भएकाे अवस्था छ तर मुख्य चाैकमा रहेकाे भाटभटेनी भने निर्वाध चलिरहेकाे छ ।

भाटभटेनीमा हरेक दिन मानिसहरुकाे भीडभाड हुन्छ । तर प्रहरी प्रशासन आँखा चिम्लेर बसेकाे छ । उक्त सुपरमार्केटमा हरेक दिन खुट्टा राख्ने ठाउँ नहुनेगरी मान्छेहरुकाे भीड हुने गरेकाे भाटभटेनी नजिकै रहेकाे पसल बन्द गरेर यत्तिकै सडकमा बसेका एक स्थानीयले बताए । उनले भने, “हाम्रा पसल बन्द गराउँछन् तर भाटभटेनीलाई कसले राेक्ने ? “

अर्काेतिर भैरहवाकाे बैंक राेडमा हरिश सेठियाले करणी ईन्टरप्राइजेजमार्फत स्यानिटाईजर,मास्क, अक्सिमिटर ब्यापारकाे नाममा यतिबेला इन्भर्टर,माेबाईल समेत खुलेअाम व्यापार गरिरहेका छन् । बैंक राेडका सबै पसल बन्द छन् तर सेठियाकाे पसल बाहिर बिहान र साँझ सामान किन्न अाउनेहरुकाे भीड हेर्न लायककाे हुन्छ । सेठिया केही बर्षअगाडि हुण्डी काराेबारमा समेत पक्राउ परेका थिए । प्रहरीका अधिकृतसंग अाफ्नाे राम्राे सम्पर्क रहेकाे भन्दै सेठियाले निषेधाज्ञाकाे उल्लंघन गरेर व्यापार गरिरहेका छन् ।

यता बर्मेली टाेलको कन्चन पसलमा बाहिर मास्क , स्यानेटाईजरकाे प्लेट राखेर भित्र निषेधाज्ञाकाे समयमा पनि साइकल,कपडाकाे व्यापार भइरहेकाे छ । उक्त पसलमा सरकारद्वारा निषेधित बँदेलकाे मासु पनि बिक्री वितरण हुने गरेकाे छ ।

भैरहवाकाे भीम अस्पताल र मेडिकल कलेज बाहिरका मेडिकलहरु,बुटवलकाे प्रादेशिक अस्पताल नजिकै रहेका मेडिकलहरुमा गुणस्तरहिन स्यानिटाईजर बिक्री भइरहेकाे छ । थर्मलगन,अक्सिमिटर, लमास्क , स्यानेटाइजरकाे मूल्य मनपरि रहेकाे छ ।

स्वास्थ्य कार्यालय रुपन्देही प्रमुख डा.राजेन्द्र गिरि अनुगमन गर्ने जिम्मेवारी स्थानीय तहकाे भएकाे बताउँदै पन्छिए । तर रुपन्देहीमा रहेका १६ स्थानीय तहले यतिबेला अनुगमनलाई तीब्रता दिन नसक्दा काेभिडबाट अाक्रान्त सर्वसाधरण मेडिकल सामग्रीकाे कालाेबजारीमा फस्न बाध्य भएका छन् ।

टिप्पणीहरू