कारभित्र ज्यान गुमाएका ३ बालकको परिवारलाई एक लाख

कारभित्र ज्यान गुमाएका ३ बालकको परिवारलाई एक लाख

दाङमा पार्किङमा राखिएको भारतीय नम्बर प्लेटको कारभित्र पसेर ज्यान गुमाएका बालबालिकाको परिवारले एक लाख रुपैयाँ पाउने भएका छन् ।

बैशाख १८ गते एउटै कारभित्र मृत भेटिएका तीन बालकको परिवारलाई तुलसीपुर उपमहानगरपालिकाले प्रति परिवार एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय भएको नगरपालिकाका प्रेस संयोजक उपेन्द्र बस्नेतले बताउनुभएको छ ।

तुलसीपुर उपमहानगरपालिका ६, बरुवा गाउँका भीमबहादुर परियारका ९ वर्षका छोरा सन्दीप, सन्तोष परियारका सात वर्षका छोरा सुवास र किरण परियारका ६ वर्षका छोरा करणको शव स्याउली बजारमा पार्किङमा राखेको भारतीय नम्बर प्लेटको कारभित्र फेला परेको थियो ।

टिप्पणीहरू