निषेधाज्ञा तोड्न जुलुश निकाल्ने नाइके पक्राउ

निषेधाज्ञा तोड्न जुलुश निकाल्ने नाइके पक्राउ

भैरहवा, निषेधाज्ञाको बिरोध गर्दै सडकमा नाराबाजी तथा टायर बालेर बिरोध गर्नेमध्येको एकजनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रमुख मनोज केसीले दिएको जानकारीअनुसार हिजो लुम्बिनीको खुनगाईमा केही युवाले कोरोना महामारी केही होइन , प्रहरी प्रशासन मूर्दाबाद,निषेधाज्ञा मान्दैनौँ भन्दै नाराबाजी गरेका थिए । उक्त समूहले आज सबै बजार खुलाउने भन्दै स्थानीयहरुलाई बजार खोल्न सार्वजनिक आग्रहसमेत गरेका थिए । रुपन्देहीमा आगामी जेठ ३१ गतेसम्म निषेधाज्ञा छ ।

निषेधाज्ञाको बेला अति जरुरी कामबाहेक घरबाहिर निस्कन पाईदैन । तर निषेधाज्ञाको उल्लंघन गर्न सार्वजनिक रुपमा अपिल गर्ने उक्त समूहका मुख्य नाइके अर्जुन कुर्मीलाई प्रहरीले पक्राउ गरिसकेको प्रहरी प्रमुख केसीले बताए । उनले भने,”हामीले कुर्मीलाई पक्राउ गरेका छौँ , अन्यको पनि खोजी भइरहेको छ ।”

पक्राउ परेका कुर्मीलाई संक्रामक रोग ऐन २०२० अनुसार एक महिना जेल हुने बताईएको छ ।

टिप्पणीहरू