प्रधानमन्त्रीका प्यारा उपप्रधानमन्त्रीलाई निकाल्न जुलुश

प्रधानमन्त्रीका प्यारा उपप्रधानमन्त्रीलाई निकाल्न जुलुश

हिजो साँझ उपप्रधानमन्त्री बन्नासाथ प्रकट राजेन्द्र महतोको राष्ट्रघाती अभिव्यक्तिको विरुद्ध प्रदर्शन गर्ने एमाले अखिलकी केन्द्रीय उपसचिव आरती लामासहितको समूहलाई प्रहरीले भर्खरै पक्राउ गरेको छ ।

महतोले हालै दिएको देशद्रोही अभिव्यक्ति र नागरिकताको सम्बन्धमा परेको उजुरीबारे सार्वजनिक धारणा फिर्ता लिनुपर्ने, उपप्रधानमन्त्री पदबाट हटाउनुपर्ने र राज्यद्रोहको मुद्दा लगाई देश निकाला गर्नुपर्ने भन्दै प्रदर्शनकारीले पुतला दहनसमेत गरेका छन् । उनीहरुले राजेन्द्र महतो मूर्दावाद, हाम्रो आन्दोलन जारी छ, प्रतिगमनकारी सरकार मूर्दावाद, राष्ट्रघाती सरकार मूर्दावाद, प्रधानमन्त्री ओली मूर्दावादको नारा लगाएका थिए ।

उनीहरुलाई नयाँ बानेश्वरस्थित अर्याल होटल नजिकैबाट पक्राउ गरिएको बताइएको हो । पक्राउ परेका सबै विद्यार्थी नेतालाई नेपाल प्रहरीको तीनकुने प्रहरी बृत्तमा लगिएको छ ।

टिप्पणीहरू